कार्यविधि, कार्यादेश बनाउन एमाले—माओवादीकोको अध्यक्षद्वयको निर्देशन

पुस, २६ काठमाडौं—एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यदललाई काम अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार गठन गरिएको संयुक्त कार्यदललाई यस्तो निर्देशन दिएका हुन् ।
राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गहृकार्य गर्न कार्यदल गठन गरिएको थियो । अध्यक्षद्वय ओली र प्रचण्ड लगायतको कार्यदलका सदस्यहरुको बुधबार बालकोटमा संयुक्त बैठक बसेको थियो । कार्यविधि, कार्यादेश बारे अध्यक्ष दुवै जनाले दिशानिर्देशन गरेका थिए ।
उक्त कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेशको मुख्यमन्त्री, सभामुख, प्रदेश सरकारको गठन लगायत विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजक समितिमा प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी लिएकोछ । कार्यदलले बिहिबार देखि नै प्रतिवेदन तयार गर्न सुरु हुनेछ ।