प्रचण्ड—ओलीको भेटवार्तामा पार्टी एकताको टुंगो

काठमाडौं(इमेलखबर)—एमाले नेता केपी शर्मा ओलीको अस्वस्थताका कारण पार्टी एकताको सवाल अन्योलमा परेको थियो । आइतबा भने माओवादी अध्यक्ष प्रचण्डले ओली निवास बालकोटमै भेटघाट गरेर आएपछि पार्टी एकताको बारेमा छलफल चलेको बताएका छन् ।
आइतबार बेलुका ओली निवासबाट बाहिरीएपछि प्रचण्डले प्रतिक्रया स्वरुप यस्तो जानकारी दिएका हुन् । उनका अनुसार एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि वैचारिक, राजनीतिक र सांगठानिक सहमति खोज्नकै लागि संयुक्त कार्यदल बनाएर अघि बढ्ने योजना रहेको सुनाए ।
मंगलबार बसेर एकता संयोजन समीति बैठकले यस्तो कार्यदल बनाउने बताइएकोछ । प्रचण्डले मंगलबा पार्टी एकता संयोजन समीतिको बैठक बसेर समीतिबाट पार्टी एकताको प्रक्रिया टुंगोमा पुर्याउन जिम्मेवारी दिने समेत बताएका छन् । जसले छिट्टै नै पार्टी एकताको प्रक्रियालाई निश्र्कषमा पुर्याउने छ ।