संगीतकार सन्तोष श्रेष्ठ भन्छन्, ‘गीतको मर्म समयले निर्धारण गर्छ’

प्रकृती दाहाल
काठमाडौं—
संगीत क्षेत्रमा सन्तोष श्रेष्ठ अब्बल संगीतकार मानिन्छन । करिब १८ बर्षदेखि उनी संगीत क्षेत्रमा रमाइरहेका छन । सेन्टीमेन्टल गीतमा बढी देखिने उनी यतिबेला भने राष्ट्रिय भावना समेटिएका गीतहरुको २१ औ गीति एल्बम ‘सुुरक्षा’ लिएर आएका छन । राजधानिमा शनीबार एक कार्यक्रमका बिच उनको एल्बम ‘सुुरक्षा’ बिमोचन भएको छ । उनले सिडी मार्फत उक्त एल्बम सार्वजनिक गरेका हुन । राष्ट्रकवि माधवप्रसाद घिमिरेले सिडि एल्बमको लोकार्पण गरे ।


पछिल्लो समय सिडिको बजार नभएतापनि राष्ट्रिय भावका गीतहरुमा फाइदा हेरेको नहेरेको सन्तोष बताउछन । सबै गीत, गायक तथा मोडलहरुलाई एकसाथ देख्न सकिने हुनाले एल्वम सिडिमा नै निकाल्न प्रभावकारी भएको उनि बताउछन्। उनी भन्छन् ‘एल्वम एक पुस्तक जस्तै हो जहा हरेक कृतिहरु समेटिएको हुन्छ ।’

करिब १००० भन्दा बढी गीतहरुमा संगीत गरिसकेका सन्तोष संगीत भर्ने कुरामा भने उनलाइ त्यो गितले छुनुपर्दछ र आफने जस्तो लागेपछि मात्र संगीत भर्ने गर्दछन । दिनमा कति गीतमा संगीत गर्नुहुन्छ ? भन्ने कुरामा उनी भन्छन दिनको कुरै हुदैन ‘ सृजना कतिबेला आउछ र आफुलाई कस्तो लाग्छ भन्ने कुरामा भर पर्दछ । ’

सन्तोष सेन्टीमेन्टल गीतमा बढी संगीत गर्ने भएपनि सबै प्रकारका गीतहरु उनलाइ मन पर्दछन । उनी भन्छन ‘सबै प्रकारका गीतहरुमा मेरो संगीत हुन्छ तर सेन्टिमेन्टल गीतहरुमा बढी हुनु भनेको एक संयोग जस्तो हो । ’
पछिल्लो समय संगीत बजार फस्टाएको उनको भनाइ छ । उनले भने ‘संगीत सबैलाइ मन पर्दछ, गीतको मर्म समयले निर्धारण गर्छ ।’