कलाकार विना थापाको दुर्घटनामा परि मृत्यु

काठमाडौं—कलाकार विना थापाको सवारी दुर्घटनामा परि मृत्यु भएकोछ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ जलजले घर भएकी विना काठमाडौंमा करिअर बनाइरहेकी थिइन् ।
उनी काठमाडौमा बत्तिस पुतलीदेखि स्कुटरमा यात्रा गर्दा बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले ठक्कर दिएपछि घाइते भएकी थिइन् । बा ५५ प १३८७ नम्बरको स्कुटरमा सवारी गरेकी २७ वर्षिया विनाको उपचारका क्रममा विर अस्पतालमा तुरुन्तै मुत्यु भएको हो । उनी स्टेज प्रोग्राममा नृत्य गर्ने, मोडलिङ गर्ने कलामा चर्चित थिइन् । रामप्यारी चलचित्रमा समेत अभिनय गरेकी विनाले अभिनय गरेको अर्को चलचित्र पनि आउदै छ ।