प्रचण्ड र ओली बीच पार्टी एकता प्रक्रिया अघि बढाउने सहमति

 

पुुष १२, काठमाडौ —माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकता अघि बढाउने समझदारी भएको छ ।
बुधबार दिउँसो ओली निवास बालकोटमा अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकता प्रक्रिया अघि बढाउनेसँगै, सरकार गठन, राष्ट्रिय सभा, अध्यादेशलगायतका विषयमा छलफल भएको थियो । अध्यक्षद्वयले जनताले दिएको नयाँ जनादेश अनुसार सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरे ।