कुलमान घिसिङको प्रयास, लोडसेडिङ नहुनेमा ढुक्क

काठमाडौं—लोडसेडिङ हुने आशंकामा नेपाली जनता त्रसीत थिए । यो त्रास भने यतिबेला मत्थर भएको छ । भारतबाट विजुली सम्झौता नविकरण भएकोछ ।
ढल्केबर—मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन हुदै आउने बिजुलीको विद्युत खरिद सम्झौता नवीकरण भएको हो । नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वले चैत सम्मका लागि अधिकतम् १६० मेगावाट परिमाणमा विजुली ल्याउने गरि भारत बीच सम्झौता गरेको छ । जसमा घिसिङ र भारतीय नोडल एजेन्सी विद्युत व्यापार निगमका प्रमुख कार्यकारी अधिकारी अरुणकुमार गर्गसंग सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
साथै प्राधिकरणले देश अध्यारोमा नराख्न जोड दिएकोछ । जसका लागि स्वदेशमा विजुली प्रयाप्त रुपमा उत्पादन नहुदा सम्म छिमेकी मुलुक भारतै सहयोग चाहिने बताएकोछ ।