विश्व कीर्तिमानी युवा अर्पण शर्माले तीन महिनायता केही व्यक्तिका कारण आफू र आफ्नो परिवार चरम मानसिक तनावमा डुबिरहेको बताएका छन् । उनका अनुसार ती व्यक्तिले ज्यान लिनेसम्मको धम्की दिइरहेका छन् । स्मरण शक्तिमा विश्व कीर्तिमान बनाएर गिनिज बुकमा नाम लेखाएका शर्माले फेसबुकमा निकै लामो स्टाटस लेखेर उक्त कुराको खुलासा गरेका हुन् ।
आज म मेरो भविष्य, करियर र जिन्दगीको पर्वाह नगरी मनको कुरा लेख्दैछु । किनकी मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा मेरो स्वाभिमान हो; भविष्य, करियर र जिन्दगी भन्दा पनि महत्वपूर्ण। सानै देखि म बरु मर्न तयार थिए, तर स्वाभिमान गुमाउन कहिल्यै पनि तैयार थिइन । नेपालीहरु बहादुर मात्रै होइन मानसिक रुपमा पनि विश्व जित्ने क्षमता राख्छन भनेर प्रमाणित गर्दै तेज स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाई विश्व कीर्तिमान गिनिज वर्ल्ड रेकर्ड कायम गर्नु पनि नेपाली हुनुको गर्व र स्वाभिमानकै उपज हो जस्तो लाग्छ मलाई।
३ महिना देखि केही व्यक्तिहरुले गुन्डागर्दी देखाउदै छन् । ३ महिना देखि मेरो परिवारलाई चरम मानसिक तनाव दिइरहेका छन् । हो, म मान्छु दिमागमा मेरो राम्रो कन्ट्रोल छ, मलाई नकारात्मक विचारले मानसिक तनावले खासै छुदैन, तर भावनाले छुन्छ । आमा र बाबाको भावनाले । मलाई मेरो आमा र बाबाले धेरै संघर्ष गरेर हुर्काउनु भयो । पुरै जिन्दगी नै छोराछोरीको राम्रो लालनपालनमा बिताउनु भयो, आफ्नो सारा खुशी, रहरहरु, इच्छाहरुलाई हासी हासी बली चढाउनु भयो, बस हाम्रो लागि । मेरो आमा ३ घण्टा मात्रै सुतेर कमजोरी हुदा पनि नर्सको जागिर र पसल गरी दिन रात काम गरी हाम्रो भविष्यको लागि खुन पसिना एक गरेको, बाबाले त्यो बुढो साइकलमा सामान ल्याएर एक एक पैसा जोडेर हामीलाई राम्रो स्कुल पढाएको, कहिल्यै कुनै कमी हुन नदेको, आफुले फाटेको चप्पल लाएर हामीलाई चम्किने जुत्ता किन्देको, पुरानो लुगा लगाएर हामीलाई नया नया ड्रेस किनी दिएको झल्झली याद छ ।
त्यही बाबा आमालाई मैले अब झापा नबस्नुस, अब काम नगर्नुस, यतै काठमाडौँ नै आउनुस, अब म तपाईहरुलाई सबै खुशी दिन्छु, सुख दिन्छु भनेर बोलाएको थिए । तर काठमाडौँ आए देखि वहाहरुलाई तनाव बाहेक केही भएको छैन। मेरो कारणले सधै गर्व र खुशीको आसु आउथ्यो मेरो आमा र बाबाको आखामा तर अहिले पिडाको आसु छ । यही आसुले मलाई भावनात्मक रुपमा कमजोर बनाई रहेको छ ।
ति व्यक्तिहरु मध्ये एउटा बोस अनि अरु उसका चेलाहरु जस्ता छन् । अहिले आएर उसले आफ्नो दुतहरुबाट भयानक संदेशहरु पठाउदै छ । यही बिचमा दुतहरुबाट धेरै चेतावनीहरु आए ।
एउटा: “हामी अर्पण शर्माको पातो फर्काएर त्यसलाई ठिक पार्छौ ।”
अर्को: “तलाई पैसा चाहिए पैसा, पुलिस चाहिए पुलिस, गुन्डा चाहिए गुन्डा म दिन्छु, त्यो अर्पण शर्मालाई ठिक पार”
अर्को: “नेपालमा ठुल्ठुला पदका मानिसहरुलाई दिन दहाडै मारेका छन्, ८-१० हजारमा मान्छे मार्नेहरु टन्नै पाईन्छन”
अर्को: “त्यसलाई हामी सेमिनार र क्लास पनि गर्न दिदैनौ, केटाहरु पठाएर होहल्ला गर्न लाउछौ, अवरोध पैदा गर्छौ”
अर्को: “अर्पण शर्माले मुख खोल्यो भने हामी मेडियामा ५, १० लाख खर्च गरेर अर्पण शर्मालाई बद्नाम गराउछौ, नाङ्गो नाच गराउछौ, त्यसपछि क-कसलाई स्पस्टिकरण दिदै हिडछ म गलत थिइन भन्ने, त्यसपछि त्यसको करियर पनि समाप्त हुन्छ अनि जिन्दगी पनि” आदि इत्यादी ।
वास्तबमै केही दिन देखि धेरै अवरोधहरु भैरहेका छन् मेरो जीवनमा तर यी सबै धम्कीहरु सुन्दा मलाई धेरै हासो लाग्छ । कहिल्यै पनि आफु अगाडी न आउने, लुकेर बस्ने अनि आफ्नो चम्चाहरुलाई मात्रै परिचालन गर्ने उसलाई म “मुसा” को संज्ञा दिन चाहन्छु। यो बिचमा मेरो सबै धम्कीहरुको लागि एउटै मात्रै उत्तर रह्यो “मलाई चाहे उसले मारोस, काटोस्, गुन्डा लाओस, जे सुकै गरोस तर म आफ्नो स्वाभिमान त्याग्दिन”। मलाई मर्नु बाट कहिल्यै पनि डर लाग्दैन थियो र लाग्ने पनि छैन, एक न एक दिन सबैले आखिरमा मर्नु नै छ, ढिलो चाडोको कुरा मात्रै हो । कायर भएर बाच्नु भन्दा साहसी भएर मर्नु जाती। “मलाई कसैले मार्नु नै छ भने अगाडी आएर छातीमा गोली हानेर मारोस, लुकेर न मारोस”। र, रह्यो कुरा पत्रिकामा छापेर बद्नाम गराउने, मेरा शुभचिन्तकहरु यति धेरै मुर्ख पनि छैनन् कि नसोची नबुझी एकै पल्टमा सबै कुरा पत्याउछन ।
यी सबै प्रत्यक्ष अप्रत्यक्ष चेतावनी तथा धम्कीहरु म संग वोइस रेकर्डको रुपमा सबुत छन्। आज मैले नाम तोकेर लेखेको छुइन, तर असह्य भएको खण्डमा वोइस रेकर्डहरु नाम उल्लेखित गरी Facebook मै हालेर स्पष्टिकरण माग्ने छु।
मैले जिन्दगीमा सबै समस्याहरुलाई च्यालेन्जको रुपमा लिए । ३ महिना सम्म बहिरो भएको बिग्रिएको कानलाई फेरी सुन्ने बनाए, सबैले तोड्न सक्दिनस भनेको स्मरण शक्तिको विश्व रेकर्डलाई सजिलै तोडेर देखाए, आफ्नो हरेक कमजोरीहरुलाई शक्तिमा परिणत गरे । यसलाई पनि मैले एउटा च्यालेन्जको रूपमा लिएको छु र सामना गर्दैछु ।
यो वर्ष १ लाख वटा नम्बर (Pie Digits) याद राख्ने, र पानि मुनि सास बन्द गरेर दुइ बुक तास याद गर्ने विश्व रेकर्ड राखी नेपाललाई दिमागको क्षेत्रमा अझै राम्ररी चिनाउने योजना थियो, तर यस्तै कुराहरुले गर्दा असमर्थ भए । तर आगामी वर्षहरुमा धेरै बौद्धिक विश्व रेकर्डहरु राखी नेपाललाई विश्व समुदायमा फरक किसिमले चिनाउने छु ।
मलाई थाहा छैन आज मैले यो सबै लेख्नु सही भयो कि गलत तर मलाई यत्ति थाहा छ कि मैले जिन्दगीमा कहिल्यै पनि गलत काम गरेको छुइन त्यही भएर मैले कसै संग डराउनु जरूरी छैन । हजुरहरुलाई यो सबै कुरा भन्नु मलाई मेरो जिम्मेवारी पनि हो जस्तो लाग्यो मलाई । तर यसै बिचमा मलाई राज्य संग प्रस्न गर्न मन लाग्यो,
“के नेपाललाई विश्व सामु चिनाउन मरीमेट्ने हामी विश्व कीर्तिमानीहरुको यत्ति नै हैसियत छ यो देशमा ?”
“के राज्यले हामीलाई उचित शान्ति सुरक्षा प्रदान गर्न सक्दैन ?”
“के हरेक प्रतिभा खुम्चिएर मुर्झाएर डर र त्रासमै बाच्नु पर्ने हो त ?”
“कुनै पनि राष्ट्रिय वा सामाजिक अस्तित्व नराख्ने यस्ता मुसाहरु संग यत्ति धेरै शक्ति कहाँ बाट आउछ ? के भैरहेको छ हाम्रो देशमा ?”
नेपालमा हामी जस्तो मान्छेलाई बाच्न यति गाह्रो बनाउछन भने गरिब तथा निमुखाहरुलाई कुन हदको अपराध र पाप गर्छन होला, सोच्दै अचम्म लाग्छ।
आज आएर बुझ्दै छु प्रतिभा भएका युवाहरु किन बिदेशिञ्छन भन्ने, राम्रो काम गर्ने मान्छेलाई अनेकौ बाधा अड्चन सिर्जना गरी निस्सासिने वातावरण बनाए पछि के नै पो गरुन र !!
अरु खासै केही त होइन, मुर्खहरुको कारणले मलाई तल माथि केही भएमा बस एउटै मात्रै कुराको खेद हुनेछ, मैले राख्न लागेका विश्व रेकर्डहरु, देशलाई शिक्षाको क्षेत्रमा विश्वमै अब्बल बनाउने योजनाहरु, नेपाली युवाहरुलाई विश्वकै ट्यालेन्ट बनाउने मेरा भिजनहरु, मैले यत्रो वर्ष ध्यान तपस्या गरेर आर्जेको अपार मानसिक शक्ति र त्यसबाट आउने चमत्कारिक परिणामहरु म मेरो देशलाई दिन नसकुला । त्यसको लागि म मेरा सबै शुभचिन्तक र देशबासीहरु संग अहिले नै क्षमा माग्न चाहन्छु ।
हजुरहरुको सल्लाह, सुझाब र सहयोगको अपेक्षा राख्दछु । त्यसको लागि 9842555019 मा मेरो अफिसियल मेनेजर संग सम्पर्क गरी मलाई सहयोग गर्न सक्नु हुनेछ । हजुरहरुको माया र आशिर्वादले मलाई सफलताको शिखर सम्म पुर्याउनु भएको छ । म हजुरहरुको विस्वासलाई कहिल्यै पनि तोड्ने छुइन । हजुरहरु सबै प्रति अपार माया र सम्मान व्यक्त गर्न चाहन्छु । <3
– अर्पण शर्मा <3