कपाल पाल्दैमा कसुुरदार हुुदैन — सर्वोच्च अदालत

काठमाडौ पुुष १२ — राजीखुसीले कपाल पाल्ने, बाट््ने र मुन्द्रा लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ । यस्ता व्यवहार ‘वैयक्तिक स्वतन्त्रता’ मा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो ।

राजीखुसीले कपाल पाल्ने, बाट््ने र मुन्द लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ । यस्ताव्यवहार ‘वैयक्तिक स्वतन्त्रता’ मा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो ।
प्रहरीले ‘चुल्ठेमुन्द्रे’ लाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्रा निकालिदिने गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा लबज, वेशभूषा र पहिरनका आधारमा मात्रै मानिसलाई अपराधको सम्भावित कसुरदारका रूपमा व्यवहार गर्न नहुने उल्लेख छ । ‘जुँगा, कपाल पालेको वा मुन्द्रा लगाएका आधारमा कुनै व्यक्तिलाई पक्राउ र दुव्र्यवहार गर्नु हुँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘त्यस्ता व्यक्तिलाई उनीहरूको आत्मसम्मानमा धक्का पुग्ने गरी कपाल काट््ने, जुँगा काट््ने, मुन्द्रा झिक्न लगाउनेलगायत व्यवहार नगर्नरनगराउन मातहत कार्यालयमा समेत लेखी पठाउने गरी आदेश जारी गरिदिएको छ ।’ यो समाचार आजको कान्तिपुुरमा छापिएको छ ।
महानगरीय प्रहरी परिसरका तत्कालीन प्रमुख एसएसपी विक्रमसिंह थापाले काठमाडौंमा कपाल पाल्ने र मुन्द्री लगाउनेहरूलाई पक्राउ अभियान चलाएका थिए । मातहत कार्यालयमा पनि यस्तै सर्कुलर गरिएको थियो । यस्तो कामले व्यक्तिको स्वतन्त्रता हनन भएको दाबी गर्दै कानुन विद्यार्थी समाजका सदस्य विकल्प राजभण्डारी र अधिवक्ता सुभास लामिछानेले सर्वोच्चमा निवेदन दिएका थिए । उनीहरूले गृह मन्त्रालयसहित प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय, काठमाडौं प्रहरी परिसरलाई विपक्षी बनाएका थिए । कुनै व्यक्तिलाई पक्राउ गरी उसको स्वीकृति र सहमतिबिना पहिरन फेर्ने काम गरिँदा स्वतन्त्रतापूर्वक जीवन जिउन पाउने हक उल्लंघन हुने सर्वोच्चले ठर्हयाएको छ । साथै समाजमा नकारात्मक असर नपर्ने गरी वेशभूषा र शृंगार गर्न पाउने कानुनी अधिकारमा अंकुश लगाउन नमिल्ने उल्लेख छ ।
मुद्दाका क्रममा प्रहरीले लिखित रूपमा ‘चुल्ठेमुन्द्रे’ पक्राउ गर्न कुनै परिपत्र र निर्देशन नभएको दाबी गरे पनि त्यसलाई विश्वास गर्न नसकिने भनी सर्वोच्चले निर्णय सुनाएको हो । प्रहरीलगायत निकायले कपाल तथा दारीजुँगा पालेको, मुन्द्रा लगाएका कारण समाजमा नकारात्मक असर परेको दाबीसमेत लिन नसकेको निर्णयमा उल्लेख छ । प्रहरीले अपराध नियन्त्रणका लागि ‘चुल्ठेमुन्द्रे’ लाई निगरानी गर्नुपरेको जवाफ लेखेको थियो । लामो कपाल पाल्ने, दारीरजुँगा मिलाउने, मुन्द्रा लगाउने व्यक्तिले नै अपराध गरेको हुन सक्ने शंका गरी उनीहरूलाई पक्राउ गर्दा संविधानको मौलिक हकको समेत उल्लंघन हुने सर्वोच्चले ठम्याएको छ ।