रानीपोखरी निर्माण कार्य अन्योलमा

पुस, १२ काठमाडौं—रानीपोखरीको कस्तो बनाउने चर्को मतभेद उठेको छ । युवा नेता रञ्जु दर्शानाले रानीपोखरीलाई व्यवसायिक नभई पुरानै सम्पदामा ढाल्नु पर्ने अडान राखेकी थिइन् । त्यसपछि यो चर्चा चुलिएको हो ।
यतिबेला काठमाडौ महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमा देखिएकोछ । महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले यता सम्पददा नमासिने गरि काम गरिरहेको दावी गरेका छन् । उपमेयर हरिप्रभा खड्गी भने पुननिर्माण कार्य रोक्ने अभ्यासमा छन् । यि दोहोरो चपेटामा रानीपोखरीको संरचना अन्योलमा परेकोछ । मेयरको योजना अनुसार निमार्ण गरिरहेको रानीपोखरीको काम उपमेयर खड्गीले तत्कालै रोक्न निर्देशन दिएकी छन् । स्थानीयले रड र सिमेन्ट प्रयोग गरेर रानीपोखरीको संरचना आधुनिकरण हुन थालेको थाहा पाएपछि आलोचना सुुरु भएको हो ।