फुपु बनिन प्रियंका कार्की

काठमाडौ — नायिका प्रियंका कार्की फुपु बनेकी छन पुर्व मिस नेपाल जेनिशा मोक्तानले क्रिसमस डे का दिन छोरी जन्माएकी छन ।
हिरोइन प्रियंका कार्कीको मामा दीपक मलहोत्राका छोरा दिकेशसंग डेढ बर्ष अघि विवाह बन्धनमा बाधिएकी पुर्व मिस नेपाल जेनिशा मोक्तानले क्रिसमस डे का दिन छोरी जन्माएकी छन ।

जेनिशाले दिउँसो १२ बजेर ३५ मिनेटमा छोरीलाई जन्म दिएकी हुन ।
जेनिशा र दिकेश हिरोइन प्रियंकाको भाई बुहारी पर्दछन । केही बर्षको अफएर पश्चात जेनिशाले गएको बर्ष २०७२ साल फागुन १५ गतेका दिन दिकेश संग विबाह बन्धनमा बाधिएकी हुन ।

दिकेश मलहोत्रा नेपालका लागि सामसुङ मोबाईलको आधिकारिक डिलर प्रमुख ईन्टीग्रेटेड मोबिलिटी सोलुसन्स् प्रा लिका अध्यक्ष हुन । जो सफल युवा व्यापारीका रुपमा नेपालको आर्थिक बजारमा चिनिन्छिन ।

दिकेश र जेनिशाले नव लक्ष्मीको नाम दिया राखेका छन ।