रंगमञ्चमा लत बसेछ

प्रकृती दाहाल
काठमाडौ — उनी संगैका साथीहरु खेलौना बटुलेर खेल्न थाल्थे । सुनसरीकी संगीता उराँव भने नाटकमा अभिनय गर्न आफु भन्दा ठुला दाजु र दिदिहरुको साथ लाग्थीन् । १० वर्षको कलिलो उमेरमा उनले नाटकको अर्थ भलै बुझेकी थिइनन् । तर, अभिनय गर्दा भने उनी निकै फुरुङ्ग हुन्थीन रे । बाल्यकालमा सडक नाटक खेलेको अनुभव पछि उनको प्यासन बन्न पुगेछ । ‘एक्टीङ गर्न पाए अरु खेल लेख्न मन लाग्दैन थियो’, उनी भन्छिन्, ‘रंगमञ्चको स्वाद सानैदेखि पाए, अब त लत बसि सक्यो ।’ कलिलो उमेरमा नाटकमा रमाउन थालेकी संगीता पहिलो सडक नाटक ‘समता’ बाट सुरु गरिन ।


नाटक खेल्दै गर्दा उनले बिराटनगरमा १० दिने थिएटरको तालिम पनि लिइन । उनले ७, ८ वटा नाटक खेलिसकेकी छन् । आफुले खेलेको पहिलो नाटक कुन थियो होला ? उनी शोलो पफमेन्स गर्दाको क्षण सम्झिन्छीन् । ‘गाह्रो पनि थियो र रमाइलो पनि’ उनी भन्छिन् ।
नाटक क्षेत्रमा रुचि राख्ने उनलाई रंगमञ्चमा उदाउन भने कुनै समस्या भएन । उनले घरपरिवारसग बरु खाना नदिनु तर मलाई नाटक खेल्न दिनु भर्ने गर्थिन । उनी भन्छिन‘ मेरो रुचि यहि थियो र मेरो भावनालाई घरपरिवारले पनि बुझनुभयो । उनले थपिन हाम्रो समुदायमा छोरीलाई बाहिर निस्केर काम गर्ने त्यहि सहज थिएन । तर मेरो परिवारको साथले आज म यहा छु ।
संगीताले यतिबेला रंगमञ्चमा छुट्टै पहिचान बनाइसकेकी छन । राम्रो अभिनय गर्ने कलाकारको रुपमा उनी परिचित छन ।
आफनो कला प्रतिभा देखाउनको लागी यस क्षेत्रमा लागेको उनले बताइन । उनी भन्छिन ‘आर्थिक रुपले यो पेसा कमजोर भएपनि आफनो रुचि भएको कारण यो क्षेत्र रोजे, कला प्रतिभालाई पैसा संग तुलना गर्न मिल्दैन नि’ ।

उनको अहिले भविष्यको बारेमा कुनै योजना छैन । संगीतमा स्नातक गर्दे गरेकी संगीता फिल्ममा आफुलाई सुहाउने भुमिका पाए उनलाई फिल्म खेल्ने पनि रुचि छ ।