ग्राहकको स्वास्थ्यमा सधै सचेत जेन्जीबार रेष्टुरेन्ट

इमेलखबर
प्रकृती दाहाल
काठमाडौं—खाना जिब्रोेको लागि खानेकी स्वास्थ्यका लागि ? डाक्टरहरु स्वास्थ्यमै बढि ध्यान दिने सल्लाह दिन्छन् । खानामा सचेत वन्दै गएका आजकलका उपभोक्ता स्वास्थ्यबद्र्धक मिठो स्वादीलो खानामा त खोज्छन नै, त्यतैकै ध्यान दिन्छन अथिती सत्तकारको ।
दि जेन्जीबार ग्राहका यिनै रुचीलाई ध्यानमा राख्दै स्वाद र सन्तुष्टीका लागि सेवा गर्दै आएको छ ।


दरबारमार्ग स्थित शेर्पा मल भित्र छिर्दै गर्दा उत्तर तर्फ टाउको घुमाउनु भयो भने तपाईको आखा दि जेन्जीबार रेष्टुरेण्टमा ठोक्किने छ । रेष्टुरेण्ट भित्र पस्ने बित्तिकै तपाईहरु घरभित्रको भान्सामा पुगेको महशुस गर्नुहुन्छ । टेवलमा आइपुगेका ग्राहकको सम्मानमा यहाका कर्मचारी सधै मुस्कुराएर स्वागत गर्नेछन । तातो या चिसो पानी सोधेर मात्रै खानेकुराको अडर टिप्न थाल्छन् । अडर गरेको खाना आउने समय अवधी वारे जानकारी गराउने छन ।


रेष्टुरेन्ट व्यवसायिक पेशा त पक्कै हो । तर, ग्राहकको भावनालाई कहिल्यै ठेस नपुगोस् भन्ने जेन्जीबारको विशेष ध्यान रहन्छ । २०६८ सालमा विश्व विक्रम गुरुङ र उनका साथी मिलेर संयुक्त रुपमा रेष्टुरेन्ट खोलेका थिए । शेर्पा मलमै ‘कफि एक्सप्रेस’ संचालन गर्दै आएका विश्वले कहिल्यै रेष्टुरेन्ट चलाउने सोच पालेका थिएनन् ।‘कहिले काहि समयले उचित मार्गको संकेत गर्दो रहेछ’, जेन्जीबारका प्रमुख विश्व भन्छन, ‘साथीहरुकै सल्लाह र जोसमा यो क्षेत्रतिर लागेको हु“ ।’ जेन्जीबारसंग उनको झन्डै छ वर्षको यात्रा पार भई सकेको छ । यो अवधीभर उनले व्यवसायमा आइपर्ने धेरै उतारचढाव भोगे । २०७२ सालको महा भुकम्पको प्रभाव, नाकाबन्धी र मापसे जस्ता घटनामा रेष्टुरेन्ट सजिलै चलाउनु सम्भव थिएन् । धैर्यता नहुने व्यापार र व्यापारी कहिल्यै गन्तव्य सम्म पुग्दैन भन्ने पाठ जेन्जीबारका विश्वको कार्य अनुभवले सिकाउछ । आपतकालीन अवस्थामा साथीभाई एक अर्काको हातेमालो गरे । र अहिले उनीहरु जेन्जीबारको असफलताको शब्द सुन्नु पर्ने स्थिीतिबाट टाढा छन् ।


रेष्टुरेन्ट सफल बनाउन सबै भन्दा महत्वपुर्ण पक्ष भनेकै म्यानेजमेन्ट र मेन्टेनेन्स रहेको विश्व बताउछन् । र उनी ग्रँहकको स्वास्थ्यप्रति सचेत छन् । हेल्दी खाना कसरी खुवाउन सकिन्छ ? उनको हरेक पल चिन्तन यसै विषयमा रहन्छ । सायद यहि कुराले ग्राहकको मन जितेर होला जेन्जीबारमा आउने ग्रँहक मिठो स्वाद संगै स्वस्थ खाना खाएर फर्किने गर्छन् । एक पटक आएकाहरु अधिकास पटकपटक आउने गरेका छन । गुरुङ भन्छन, ‘पटकपटक आउने ग्राहक देख्दा वडो आनन्द लाग्छ ।’

जेन्जीबारमा उपलव्ध परिकार ;
जेन्जीबार चाइनिज स्टाईलको परिकारका लागि प्रख्यात छ । केहि खास परिकार छन् । जुन चाइनिज स्वाद र कल्चरबाट प्रभावीत छन् ।
१.चिकेन चिल्ली चाइनिजः
चिकन चिल्ली चाइनिज परिकार यहाँको प्रख्यात खाना मध्ये एक हो । यो परिकार यहाका सेफद्धारा विशेष तरिकाले तयार पारिन्छ । यसमा मुख्यतया पिस पारेको चिकेन, चप गरेको लसुुन, ड्राइ चिल्ली, सेलरी, टिमुर, गेडा र टेस्ट अनुसारको सस प्रयोग गरेर तयार पारिएको चिकेन नै चाइनिज स्टाइलको चिकेन चिल्ली हो ।

२.चाइनिज सेट मेन्यु:  यहा ग्रुपमा आउने कस्टमरको लागि विशेष रुपमा तयार पारिएको चाइनिज सेट खाना सर्भिस गरिन्छ । यो मेन्युलाई यहा आउने कस्टमरले निकै मन पराएका छन् । यसमा चार वटा नन भेज आइटम र तीन वटा भेजीटेवल आइटम, सुप, राइस , नुडल्स र डेर्जट पनि सर्भ गरिन्छ । चिकन, पोर्क, होल फिस माछा, एग्, चाइनिज साग अथवा पाक्च्वोए पाइन्छ ।
रेष्टुरेन्टका म्यानेजर रमेश केसीका अनुसार होल फिस र चाइनिज आइटम मन पराउने ग्राहक अधिक रहेको बताउछन् । एक पटक जेन्जीबार आएका ग्राहकलाई फेरि पटक पटक आउने बनाउनुको मुख्य कारण अतिथ्य स्वागत शैली र स्वस्थकर परिकार नै रहेको विश्वको दावा छ । उनी भन्छन्,‘जेन्जीबार ग्राहकको स्वास्थयप्रति सधै सचेत छ ।’