अब मुलुक आर्थिक समृद्धि तर्फ लम्कीनु पर्ने प्रचन्डको धारणा

 

पुस, ८ भैरहवा—देशको समृद्धि आर्थिक उन्नतीमा अडिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब यता जोड दिन आग्रह गरेका छन् । तीनै तहको निर्वाचन पछि मुलुकलाई सहि दिशा निर्देश गर्न सकिने समेत उनले सुनाए । भैरहवामा गरिएको जेसीआई सिद्धार्थ नेपालको कार्यक्रममा सहभागी हुदा प्रचण्डले यस्तो विचार राखेका हुन् ।

नेपाल जेसीजको ४४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा दाहालले राजनीतिक र देश अवस्था बारे विचार राखेका थिए । उनले आर्थिक समृद्धि अबका देशको खाचो भएकोले यसप्रति सबैको चासो हुनु पर्नेमा जोड दिएका हुन् । उनले निर्वाचन पछि अब देश पुरानो ढाचामै चल्छ की नया समृद्धि तर्फ लम्कीन्छ ? भन्ने जिज्ञासा अन्तराष्ट्रिय जगतले समेत राख्न थालेको सुनाए । स्थीर राजनीति हुन सके मुलुकले दश वर्षमै स्वरुप फेर्न सक्ने उनले बताएका छन् । साथै ल्हासादेखि लुम्बिनी सम्मको रेलमार्ग विपना परिणत हुन सक्ने सम्भावना समेत देखाए ।