नेता राजेन्द्रको गलामा ५१ किलोग्रामको माला

पुस, ८ धनकुटा—निर्वाचनपछि फुलमालाको व्यापार निकै हुन थालेको व्यवसायहरु बताउछन् । विजेता नेताहरुको कांधमा मालाको ताति देखिनु नौलो छैन अहिले । हालै प्रतिनिधि सभा सदस्यमा विजयी भएका राजेन्द्र राईले धन्यवाद स्वरुप ५१ किलोग्रामको माला लगाएका छन् ।
शनिबार धनकुटा ९ बेलहारा पुग्दा उनलाई स्थानीयले उक्त माला पहिराउदा अच्चमै परेका थिए । विजय भएपछि धन्यवाद गर्न उनी गाउभरि घुमेका थिए । यसै क्रममा धनकुटा वासीले उनलाई माला लगाई दिएका हुन् । रोचक तरिकाले अत्यन्त भारी फुलको माला लगाईदिएपछि राजेन्द्र खुसिले उत्साहित देखिन्थे । उनले जीवनमा यति धेरै खुसि महशुस पहिलो पटक गरेको बताएका थिए । यो भारी माला संगै स्थानीयहरुको सपना साकार पार्ने जिम्मेवारी पनि थपिएको र यसलाई पुर्ण दिन आफु हरदम प्रयास गर्ने समेत राजेन्द्रले सुनाए ।