भारतीय पुर्व रेल मन्त्री जेलमा

 

नया दिल्ली—भारतस्थित विहारका चर्चीत पुर्व मुख्यमन्त्री लालुप्रसाद यादवको जेल चलान समाचारले अन्तराष्ट्रिय जगत तातेकोछ । लालु पुर्व रेल मन्त्री समेत हुन् ।
सीबीआईको विशेष अदालतले उनी लगायत १६ जनालाई ‘चार घोटाला काण्ड’ मा दोषी सावित गरेको हो । यस विषयमा झन्डै दुई दशक देखि भ्रष्टाचारको मुद्धा परेको थियो । जसको फैसला प्रमाणीत शनिबार मात्रै गरिएकोछ । लालु लगात १६ जनालाई अदालत परिसरबाटै पक्राउ गरिएकोछ । अन्तराष्ट्रिय समाचारमा उल्लेख भए अनुसार उनीहरुलाई झाखण्डको रांचीमा रहेको विर्सा मुन्डा कारागारमा जेल चलान गरिएको बताइएकोछ । घोटालामा ९ सय करोड हिनामिना भएको अधिकारीहरु बताउछन् । चार घोटालाका थुप्रै मुद्धा छन् । दोस्रो मुद्धामा पर्छ ।