प्रदेश २ मा मधेस सरकार बाकीं सबैमा बामपन्थी

 

 काठमाडौं—सातवटै प्रदेशमा दलहरुमा समानुपातिक सिट सार्वजनिक भए लगत्तै प्रदेश सरकारको खाका कस्तो हुने बारे प्रस्ट हुन सजिलो भएकोछ । प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत आएकोछ भने प्रदेश नम्बर २ बाहेक अरु प्रदेशमा बामपन्थी गठबन्धनले बहुमत ल्याएको हो । त्यस्तै, प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनको बहुमत छ ।
एमालेले समानुपातिकमा सातै प्रदेश गरि ७५ सिट ल्याएकोछ । यता कांग्रेसले पनि लगभग ७२ सिट ल्याएकोछ । यसो हुदाहुदै पनि कांग्रेसको कुनै पनि प्रदेशमा सरकार बन्ने सम्भावना कमै छ । दुई नम्बर प्रदेशमा भने सानुपातिकतर्फ सबै भन्दा धेरै सिट कांग्रेसले ल्याएकोछ । प्रत्यक्षतर्फ कम सीट पाएका कांग्रेसले प्रमुख प्रतिपक्षको ठाउमा नपाउने भएकोछ । मधेसवादी गठबन्धनको बहुमत आएकाले प्रमुख विपक्षीको कुर्सीमा बस्ने सम्भावना छ ।
कनु प्रदेशमा कसका सरकार ?
हेरौं तालिका सहितः स्रोत अनलाइनखबर