रानीपोखरी पुरानै संरचनामा बन्नु पर्ने रञ्जु दर्शनाको जोड

पुस, ६ काठमाडौं—सेलरोटी पकाएर व्यवसाय सञ्चान गर्न थालेकी रञ्जु दर्शनाले यतिबेला काठमाडौं महानगरपालिकालाई पुरानै ढांचामा रानीपोखरी पुननिर्माण गर्नु पर्ने अडान राखेकी छन् । काठमाडैं महानगरपालिकाकी पराजित मेयर उम्मेदवार समेत रहेकी रञ्जुले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसंग भेटघाट गरि यस्तो कुरा गरेको बताइन् ।
उनका अनुसार पुरातात्विक सम्पदालाई आधुनिकिकरण गर्र्ने नाममा विकृत बनाउन नहुने तर्क राखेकी छन् । रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउन थालिएको र वाटर फाउन्टेन लगायत कफिसप पनि खोल्न लागिएकोमा आलोचना गरेकी छन् । तर, मेयरले भने रञ्जुको धारणामा पर्यटकहरुको आर्कषणका कारण सुविधा सम्पन्न रानीपोखरी बनाउनु पर्ने विचार तेर्साएका छन् । रञ्जुले भने काठमाडौंमा कफि खाने ठाउको कमि नभएको बताउदै पुरातात्वीक सम्पदालाई उसैको सौन्दर्यमा जीवित राख्नु पर्ने बताएकी छन् ।