तीन नम्बर प्रदेशको राजधानी काभ्रेपलाञ्चोकलाई बनाउन पहल शुरु

 

पुस ५,बनेपा – काभ्रेपलाञ्चोकलाई ३ नं प्रदेशको राजधानी बनाउन सांसदहरुले पहल थालेका छन् ।

जिल्लाको प्रनिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ (दोङ) ले प्रादेशिक राजधानीका लागि सिफारिश समिति नै निर्माण गरेर काम थालिएको उल्लेख गर्दै त्यसका लागि प्रशासनिक काम भइरहेको जानकारी दिए ।

प्रनिनिधिसभा क्षेत्र नं २ का सांसद गोकुल बाँस्कोटाले प्रदेशसभाको सबै विषय निक्र्यौल गर्ने अधिकार प्रदेशलाई भएको कुरामा जोड दिँदै बनेपा नै प्रदेश नं ३ को राजधानी बनाउन उपयुक्त स्थान भएको बताए ।

काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउनका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोटसमेत सहमत भएको र अन्य जिल्लालाई सहमतिमा ल्याउने प्रयास समेत भएको बताइएको छ ।

प्रादेशिक राजधानी बनाउन पूर्वाधार विकासका साथसाथै प्रदेशसभाका लागि स्थल छनोटलगायतका काम पनि भइरहेको शहरी विकास डिभिजन कार्यालयले जनाएको छ ।

क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे संयोजकत्वमा गठन भएको सिफारिस समितिमा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका प्रमुख, शहरी विकास डिभिजन कार्यालयका प्रमुखलगायत रहेका छन् ।

सो समितिले प्रदेश सभाका लागि बनेपानजिकै रहेको आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रलाई सिफारिस गरिएको शहरी विकास डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिए ।

उनले केही दिनअघि पूर्वाधार विकासका लागि ३१ करोडको हाराहारीको बजेट आवश्यक भएको प्रतिवेदन क्षेत्रीय प्रशासकको कार्यालय, हेटौंडामा पठाइएको बताए ।

नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिका सदस्य महेश पौडेलले प्रदेशको राजधानी जिल्लालाई बनाउने कुरामा पार्टी सकारात्मक भएको उल्लेख गर्दै ‘बल एमालेको कोर्टमा छ भने ।

तीन नं प्रदेश अन्र्तगत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छ ।