एमाले अध्यक्ष केपी ओलीलाई महानायक राजेश हमालको शुभकामना

पुस १ भक्तपुर— महानायक राजेश हमाल कला क्षेत्रमा मात्रै सांघुरीन चाहदैनन् । उनी कुटनीतिक स्वाभावका छन् । देशको राजनीतिक गतिविधि के के भईरहेकोछ ? उनलाई राम्रोसंग जानकारी हुन्छ । बाम गबन्धनको निर्वाचनमा स्पस्ट बहुमत ल्याएको उपलक्ष्ममा राजेश एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिन ओली निवास भक्तपुर बालकोट पुगेका थिए । हमालले देशको विकास, समृद्धि, शान्ति र स्थिर सरकारको सपना साकार पार्नु भन्दै ओलीलाई शुभकामना दिएका थिए । शनिबार गरिएको भेटघानमा राष्ट्रियताको अडान मा नै आम नेपालीको भविष्य रहेको बताएका थिए ।
साथै हमालले दिएको शुभकामनामा ओलीले आफु देश र जनताको विश्वास कहिल्यै मन नदिने बाचा समेत दिएका थिए । ओलीले फिल्म क्षेत्रबारे पनि केहि धारणा राखे । उनले कलाकारले खालि अभिनयमा मात्रै केन्द्रित नभई देश बनाउने भुमिकामा पनि विशेष कतव्र्य निवार्ह गर्नु पर्ने बताए ।
फोटो सौजन्य ः अनलाईन खबर