दाइजो प्रथा हटाउन एक नवदम्पत्तीले गरे उदाहरणीय काम

प्रकृती दाहाल(इमेल खवर)— विवाह, भोजभेतर, जन्ती र तामझाम । हाम्रो समाजले सिकाएको परम्परागत विहे संस्कार यस्तै हुन्छ । दाइजो दिने र लिने चलन यसै भित्रको एउटा आधार हो । आधुनिक समाजले दाइजो प्रथा हटाएर सम्भय समाजको निर्माण गर्नु पर्छ भन्ने मान्यता बोक्न थालेकोछ । तर, यसै समाजमा यो आधुनिक संस्कृति अपनाउने कम आंटिला दम्पत्ती मात्रै हुन्छन् । जस मध्ये, समाजको कुुरीति हटाएर विवाहलाई बजार भन्दा पनि मनको साइनो जोड्ने प्रयास गरेका नव दम्पत्ती हुुन्, ‘शान्ता पौडेल र विजय भट्टराई’ ।


यसै साता कपिलवस्तुको वालापुरको एक घरबाट यस्तो नविन कार्यको शुुभारम्भ भयो । जहा शान्ता र विजयले नया जीवनको सुरुवात गरे । यति मात्रै होइन उनीहरुले विवाहसंगै दाइजो रहित समाज निर्माणमा इट्टा थप्ने काम गरे । नव जोडीलाई शुुभकामना दिन आउने आफ्न्तीले कुनै दाइजो ल्याएनन् । न त भोजभतेरमा अनावश्यक खर्च गरे । ‘हामी समाज परिवर्तनका कुरा गछौं, आफैले सुरु नगरे कसले गर्छ ?’, शान्ता भन्छिन्, ‘विवाह सम्बन्ध दाइजो र भोजभतेरले जोड्ने होइन, मन मिले पुुग्छ ।’
शान्ता—विजय जोडीले विहेबाट दक्षिणा स्वरुप उठेको ५० हजार रुपैया पनि बाढी पीडितलाई सहयोगार्थ प्रदान गरेका छन् । समाजको विकृत विसंगती युवाले नै हटाउनु पर्ने बेहुला विजय बताउछन् । साथै दाइजो विरुद्ध अभियानमा लागेकी शान्ताले दाइजो प्रथा गैरकानुनी भएको र यसलाई व्यवहारमा उर्तान अझै पनि सामाजिक चुनौति देखिएको सुनाइन् । क्वीक भोेलेनटरीमा आवद्ध रहेकी शान्ताको यहि प्रयासबाट दाइजो विरुद्ध अभियान थालिएको हो ।


मागी विवाह गरेकी शान्ता आफैले पनि दाइजो रहित विहेमा समर्थन गराउन आफ्नै परिवारलाई निकै सम्झाउनु परेको बताइन् । उनी भन्छि, ‘दाइजोको कारणले नेपाली नारीहरुलाई समाजमा अपहेलना गर्ने, ज्यान समेत जाने गरेको छ यस बिरुद्ध कानुुन बने पनि व्यबहारमा उर्तान सकिरहेका छैनौ । यसलाइ अन्त्य गर्न हामी नारीहरु नै अघि बढ्नुुपर्दछ ।’
अबको उनकोे योजना ७५ वटै जिल्लामा संस्थ्ँँम्ाँर्फत दाइजो प्रथा अन्त्य गर्न क्याम्पको बिस्तार गर्ने रहेको छ ।