उपत्यकाको तापक्रम शुन्य डिग्रीमा झर्न सक्ने सम्भावना

पुस, १ काठमाडौं—शनिबार काठमाडौंको न्युनतम तापक्रम २ दशमलब ८ डिग्री पुगेकोछ । तापक्र क्रमश घट्दैछ । जसले गर्दा काठमाडौ उपत्यका लगायत विभिन्न देशभर चिसो अत्याधिक बढेको महशुस भएकोछ । शुक्रबार चाहि ३ दशमलब ४ डिग्री पुगेको थियो । यसरी तापक्रम ह्वात्तै घटेर चिसो बढ्नुको कारण मौसमी नै रहेको मौसमविद् मीन कुमार अर्यालले बताए ।
उनका अनुसार उच्चचापीय क्षेत्रको केहि प्रभाव(रातको समयमा आकाश सफा र खुल्ला) देखिएकाले तापक्रम घट्ने र तुसारो लाग्ने उनले बताएका छन् । पहाडी भेगमा हल्का बाद लाग्ने छ भने मध्यतराईमा कुइरो लागेका कारण चिसो बढेको हो । आइतरबा चाहि बिहानदेखि मौसममा सुधार आउने मौसमविद्ले जानकारी दिएका छन् । मौसमविद्का अनुसार उपत्याको तापक्रम घटेर शुन्य डिग्री सम्म पुग्न सक्ने अनुमान छ । शनिबार यो वर्षकै बढी चिसो भएको महाशाखाले जनाएकोछ ।