कांकडभिट्टा र बुटवल जोड्ने डिपीआर निर्माण अन्तिम अवस्थामा

मंसिर, २६ काठमाडौं—पुर्वी भाग कांकडभिट्टादेखि बुटबल सम्मको रेल वे परियोजना प्रतिवेदन(डीपीरआर) को निर्माण रेल विभागले पुरा गरेकोछ । मेचीदेखि महाकाली जोड्ने ९सय ४५ किलोमिटर रेलमार्गको डीपीआर तयार हुदैछ । जस मध्ये पुर्वी खण्डको ६ सय १९ किलोमिटरको डीपीआर पुरा भएको हो । रेलमार्गको कुल लम्बाई भने सहायक मार्गसहित १३ सय ७६ किलोमीटर हुनेछ । साथै काकडभिट्टादेखि सुरु हुने रेलमार्गको अन्तिम विन्दु चाहि कञ्चनपुरको गड्डाचौकी नाकामा हुनेछ ।
रेल विभागका प्रवत्ता प्रकाश उपाध्याका अनुसार डिपीआर निर्माणमा विभागका अधिकारीहरु सक्रिय भएको बताएकाछन् । उनले बुटलदेखि पश्चिम खण्ड जोड्ने रेलमार्ग बनाउन १० महिना लाग्ने सुनाएका छन् । यसै क्रममा उनले लालबन्दीदेखि बर्दिवास सम्मको ३० किमिमा रेल मार्ग निर्माण सुरु भइएसकेको जनाए । जसमा कल्भर्ट र ग्राभेलिङको काम सकिएकोछ ।