विद्यादेवी भण्डारी दास्रो पटक राष्ट्रपति हुने सम्भावना

काठमाडौं(इमेलखबर)—प्रतिनिधि सभा र प्रेदश सभाको निर्वाचन मत परिणामले देश अब कुन दिशातिर जादै छ भन्ने आभास गराएकाछ । यस संगै मुलुक संचनागत आधार के के कसरी बन्छन ? सबै नेपाली जनताको चिन्तनको विषय बनेकोछ ।
यसै संगै आम निर्वाचन पछि राष्ट्रपति पदमा को आउने सम्भावना छ ? यस बारे पनि चासो सुरु भएकोछ । नया राष्ट्रपतिको चयन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेका निर्वाचन मण्डलबाट हुने उल्लेख संविधानको धारा ६२ मा छ । साथै संविधानको धारा ६४ मा राष्ट्रपतिको योग्यबारे लेखिएकोछ ।
राष्ट्रपति हुन संघीय संसदको सदस्य हुन योग्य भएको, ४५ वर्ष पुरा भएको र कानुनी रुपमा अयोग्य नठहरीएको व्यक्ति हुन सक्छ । त्यसै अनुरुप धाराको उपधारा २ मा कुनै पनि व्यक्ति दुई कार्यकाल सम्म राष्ट्रपति हुन पाउने उल्लेख छ । यसले के प्रस्ट हुन्छ भने अब बन्ने नया राष्ट्रपतिको पदमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै हुने सम्भावना छ । अहिलेको गठबन्धनमा एमाले र माओवादीको बहुमत, विद्यादेवी आफै महिला भएकाले र उनको दोस्रो पटक पनि राष्ट्रपति हुन पाउने संवैधानिक प्रावधान भएका कारण विद्यादेवी पुन राष्ट्रपति हुन सक्ने संकेत देखिन्छ ।