गोपाल प्रेमीको मन छुने सेरामीक कला

काठमाडौं(इमेलखबर)—सेरामीक कलामा दख्खल राख्ने कलाकार गोपाल प्रेमीले १३ औं एकल कला प्रर्दशनी लिएर आएका छन् ।
बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनको सेरामीक स्कल्प्चर देख्न सकिन्छ । नारी सतरञ्जी थिममा बनाईएका उनका सिर्जना मन छुने छन् । उनले चेस खेलका गोटीमा नारीका आकृति उतारेका छन् । जसमा महिला स्वत्नत्रताको विषय उठान गरिएको छ । डेड दशकदेखि सेरामीक बनाएको अनुभव उनी संग छ । अहिले उनले जापानीज सेरामीक राकु वेयरको माध्यमले कला सिर्जना गरेका छन् । उन उनको पहिलो अनुभव रहेको बताउछन् ।
नेपालमा भने यसको प्रयोग अत्यन्त कम मात्रामा गरिएको उनी सुनाउछन् । मंहगो र गाह्रो पद्धति भएकाले यो सेरामीक नेपालमा खासै प्रचलनमा छैन । तर, विश्व कला जगतमा भने निकै प्रचलनमा छ । ग्यालरीमा गोपालले पुरानोदेखि नया शैलीका स्कल्प्चर एक साथ राखेका छन् । उनको उदेश्य सेरामीक कलाको महत्व बुझाउनु पनि हो । जनवरी सम्म चल्ने प्रर्दशनीमा १ लाख रुपैया पर्ने स्कल्प्चर छन् । गोपालले नया पुस्ता यस क्षेत्रमा कम देखिएकोमा गुनासो गर्छन् । उनको सपना छ, सेरामीक कला धान्न युवा जमात आउनु पर्छ । त्यसका लागि उनले केहि युवाहरुलाई सेरामीक स्कल्प्चर बनाउन सिकाइरहका पनि छन् ।