“कान्छी को मिती सार्नु भनेको मैले हार्नु होइन” — नायिका श्वेता खड्का

 

श्वेता खड्काको निर्देशन तथा अभिनित चलचित्र कान्छी को प्रर्दशनको मिति सारिएको छ । माघ २६ गते प्रर्दशनमा आउने भनिएको उत चलचित्र भुवन के सी द्धारा निर्मित चलचित्र कृ सोहि दिन बाट प्रर्दशनमा आउने भएपछि कान्छीलाइ फागुन ४ मा सारिएको हो ।

श्वेताले आफनो फेसबुकमा स्टाटस राख्दै कान्छी को प्रर्दशनको मिति सार्नु भनेको हार्नु होइन  भुवन के सी प्रतिको सम्मान हो भनेकी छन । चलचित्र स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको सपना साकार पार्न निर्माण गरिएको र साथ, सहयोग,आट, भरोस प्रदान गर्ने सम्पुर्ण शुभचिन्तक तथा दर्शकहरुलाइ धन्यबाद दिएकी छन ।

हेरौ, यस्तो छ उनको फेसबुक स्टाटस

“कान्छी को मिती सार्नु भनेको मैले हार्नु होइन यो त भुवन दाजु प्रति एउटी बहिनीको सम्मान हो ”
आदरणिय मेरा शुभचिन्तक, सुवेच्छुक तथा दर्शक महानुभावहरु लगाएत कलाकर्मी र संचार्कर्मी ज्युहरु
मैले जीवनसाथिको रुपमा चुनेको ‘दादा’ श्री कृष्ण श्रेष्ठज्यु को देहावसानसंगै मेरो ईक्ष्या, आकाँक्ष्या, सपना,चाहना र रहरहरु सबैको ‘अवसान’ भए झै लागेको थियो । त्यो अवस्थामा मलाई सहानुभुतीका शब्दहरु पोख्ने र साथ अनी सहाराको हातहरु देखाउनेहरुको ठुलै भिड थियो । मैले भगवानको स्वरुप मान्ने मेरा दर्शकमहानुभावहरुले मलाई सुस्ताएर नथाक्न र ओइलाएर नझर्नका निमित्त जुन आँट र शाहस दिनुभयो त्यो आँट शाहस र उत्प्रेणाले मलाई थाक्न,गल्न र सुस्ताउन दिएन । मलाई कलाकारिता क्षेत्रमा डोर्‍याएर ‘नायिका’को उपमा दिलाउने स्वर्गिय ‘दादा’ अनी मलाई कलाकारको रुपमा मायाँ गरिदिनुहुने असंख्य दर्शकमहानुभावहरुको अटुट मायाँलाई चटक्कै मायाँ मारेर घरको एउटा कुनामा शोकाकुल भएर बसिरहन यो मनले पटक्कै मान्दै मानेन । मैले दादालाई आँशुको श्रादान्जली दिनुभन्दा नेपाली सिनेजगतमा एउटा राम्रो चलचित्र पस्कने दादाको अपुरो सपनालाई साकार गरेर ‘सत्कर्म’ को श्रदान्जली दिने अठोट गरें । यही अठोटका साथ आँखाको आशु पुछेर, आफ्नै कलाकारिताको दुनियाँमा फर्किएँ ।
‘कान्छी’ चलचित्र त्यही आँट शाहस र उत्प्रेरणाको प्रतिफल हो अनी दादा प्रती अर्पण गरिएको मेरो साँच्चो श्रदान्जली पनि । अत: माघ २६ गतेलाई रिलिज मिती तोकिएको ‘कान्छी’ले रिलिज पुर्वनै दर्शकमहानुभावहरुबाट अटुट माया,साथ र सदभाव प्राप्त गरिरहेको छ । फलस्वरुप यस चलचित्रको ‘चरी चट्ट परी भुरुरु’बोलको गीतलाई युट्युबमा ५० लाखभन्दा बढी पटक हेरीईसकेको छ । यो नै मेरो लागि सफलताको पहिलो खुट्किलो हो । माघ २६ गतेका दिन, मैले स्वर्गिय ‘दादा’प्रती समर्पण गर्दै आफ्नो मेहनत, पसिना अनी श्रम र शिपको प्रतिफल ‘कान्छी’ अर्पण गर्ने सोच बोकेको थिएँ । तर सोही दिन मेरा आदरणिय दाजु,भुवन केसी र सुबास गिरी निर्मित चलचित्र ‘कृ’लाई पनि रिलिज मितीको रुपमा घोषणा गरियो । हुनत एकै दिनमा ५ वटा चलचित्र रिलिज नभएका भने पक्कै होइनन । तर बिगत २ बर्ष देखी ‘कान्छी’ र ‘कृ’ लाई हेर्न ब्यग्र भएर बस्नुभएका दर्शक महानुभावहरुको लागि एउटै मितीमा यि दुई चलचित्र रिलिज गर्नु भनेको हामीले दर्शकहरुको भावनालाई लत्याउनु र कलाकारिताको ‘धर्म’ बाट बिमुख हुनु सिवाय केही होइन । अत: यही यथार्थलाई मनन गर्दै यि दुबै चलचित्रलाई जुधाउन नहुने निस्कर्शका साथ ‘कान्छी’लाई आगामी फाल्गुन ४ गते प्रदर्शन गर्ने निर्णय लिएको छु । पुर्वघोसित रिलिज मितीबाट केही दिन पछाडि हट्ने यो आत्मनिर्णय लिइरहँदा यत्तिखेर म, मैले अत्तिनै सम्मानकासाथ आदर गर्ने आदरणिय दाजु भुवन के सि ज्युलाई सम्झन चाहन्छु । स्वर्गिय दादाको मिल्ने मित्रका साथै उहाँको देहवसान पस्चात मलाई हौसला,आँट र शाहस प्रदान गरेर मलाई उत्प्रेरित गरिरहने आदरणिय दाजु भुवन के सि ज्युको लागि मैले आफ्नो चलचित्रलाई केही दिन पछाडि सार्ने यो निर्णय प्रती कुनै किसिमको लाज,सरम र संकोच को भाव महसुस गरिरहेको छैन । बरु मलाई यो निर्णय लिदै गर्दा ‘कान्छी’ र ‘कृ’ नजुधाइदिनका लागि शुभचिन्तक तथा दर्शकदिर्घाबाट फेसबुक, ट्विटर र मोबाइल मार्फत प्राप्त असंख्य अनुरोध र सन्देशहरुको सम्मान गरेको महशुस भइरहेको छ । साथै एउटी बहिनिले दाजुलाई पछाडि हट्नको लागि अनुरोध गर्नुभन्दा उमेरले पनि ‘कान्छी’ अनी शिप र दक्षताले पनि ‘आलोकाँचो’नै रहेकी म आँफैले केही कदम पछाडि हट्दा बेश होला भन्ने ठानी यो निर्णय लिएकी हुँ । यो निर्णय,, भुवन दाई प्रती एक बहिनिले ब्यक्त गरेको ‘सम्मान’ र ‘कदर’को रुममा बाहेक अन्य रुपमा नलिनु हुनको लागि म आम संचारमाध्यामका संचारकर्मी, फिल्म इन्डस्ट्रीका कलाकर्मी लगाएत मलाई माया गरिदिनुहुने मेरा भगवान सरह दर्शक दिर्घा समक्ष हार्दिक अनुरोध गर्दै, फाल्गुन ४ गते नेपालका सबै सिनेमा घरहरुमा भेट्ने बाचा गर्न चाहन्छु । र माघ २६ गते रिलिज हुन गईरहेको ‘कृ’को अपार सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।
उही तपाईंहरुकी छोरी/ चेली
श्वेता खड्का “कान्छी”