नुवाकोटमा अर्जुननरसिंह केसीका दाजुभाइ नै पराजित

मंसिर २४, काठमाडौं – नुवाकोट क्षेत्र नं. २ मा एमालेका नारायणप्रसाद खतिवडा विजयी हुनुभएको छ ।

कांग्रेसका अर्जुननरसिंह केसीलाई १० हजारभन्दा धेरै मतान्तरले हराउँदै खतिवडा विजयी हुनुभएको हो । खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याउँदा केसीले २६ हजार ३ सय ३५ मत ल्याउनुभयो ।

यही क्षेत्रको प्रदेशसभामा पनि कांग्रेस पराजित भएको छ । त्यहाँ एमालेका केशव पाण्डे २०००९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी कांग्रेसका जगदिश्वर नरसिंह केसीले १२७२९ मत ल्याउनुभयो । अर्जुननरसिंह केसी र जगदिश्वर नरसिंह केसी दाजुभाइ हुनुहुन्छ ।