प्रतिनिधि सभामा बाम गठबन्धन कति सिटले अगाडि छ ? हेरौं चार्ट तालिका सहित

मंसिर, २४ काठमाडौं—प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि देशले कस्तो राजनीतिक गति लिने हो ? जनताको मनमा यस्ता थुप्रै प्रश्न उठेका छन् । स्थीर सरकारको अपेक्षा गरेर जनताले बाम गठबन्धनलाई मत दिएका छन् भने अर्का तर्फ लोकतान्त्रीक गठबन्धन प्रति पनि विकासको आशामा मत दिएका जनता छन् ।
यतिबेला मतगणनाले विभिन्न संकेत दिइरेकोछ । बाम गठबन्धनको सपना साकार हुने लक्ष्या देखिन्छ भने कांग्रेसको ओरालो बाटो । चाहे जे होस्, लोकतान्त्रीक र शान्तिपुर्ण निर्वाचन पद्धतिमा जनताको चाहनाको मुख्य कदर हुनु हो । र यसलाई देशले स्वीकार गर्छ । पछिल्लो समयको प्रतिनिधि सभा मतपरिणाम हेर्दा कुल सिट १ सय ६५ मा बाम गठबन्धनले ६७ सिट प्राप्त गरेको छ भने लोकतान्त्रीक गठबन्धनले ११ सिट ल्याएकोछ ।
हेरौं अरु परिणाम चार्ट फिगर मार्फतः स्रोत अनलाइन खबर