गुल्मी–१ मा चन्द्र भण्डारीलाई हराउँदै प्रदिप ज्ञवाली विजयी

मंसिर २४, गुल्मी – गुल्मी क्षेत्र नं. १ मा एमाले उम्मेदवार प्रदीपकुमार ज्ञवाली विजयी हुनुभएको छ । उहाँले ३७ हजार ५ सय ५५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका चन्द्र भण्डारीले २९ हजार ४ सय ५० मत ल्याउनुभयो ।

२०७० सालको संविधानसभा चुनावमा भण्डारीसँग पराजित ज्ञवालीले यसपटक उहाँलाई हराउनुभएको छ ।

राम्रो सैद्धान्तिक ज्ञान, नरम र शिष्ट व्यवहार भएका नेताका रुपमा परिचित ज्ञवाली साहित्यमा समेत रुची र दख्खल राख्नुहुन्छ । साहित्य क्षेत्रमा उहाँ आफूलाई ‘शीतविन्दू’का नामले लेख्नुहुन्छ ।