‘गुण्डा नाइके’ दिपक मनाङ्गे प्रदेशसभाको सांसदमा निर्वाचित

 

मनाङ, मंसिर २२ – गुण्डा नाइके भनेर चिनिएका राजिव गुरुङ (दिपक मनाङ्गे) प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ मनाङको प्रदेशसभा ‘ख’ मा विजयी हुनुभएको हो । उहाँ १४ सय १० मतका साथ निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार मनाङेले कांग्रेसका कर्मा गुरुङलाई ३ सय ९० मतअन्तरले हराउनुभएको हो ।
यो क्षेत्रमा एमालेले उम्मेदवारी फिर्ता लिएर अप्रत्यक्ष रुपमा मनाङ्गेलाई सहयोग गरेको थियो ।