प्रतिनिधिसभामा मनाङबाट एमाले विजयी, पाल्देन बने सांसद

 

मनाङ, मंसिर २२ –नेकपा एमालेले प्रतिनिधिसभा सदस्य पदमा मनाङबाट पनि जित हात पारेको छ । मनाङबाट पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् ।

पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् ।