रुकुमका दुई मतदान केन्द्रमा भोली पुनः मतदान हुँदै

 

मंसिर १४, रुकुम – गत मंसिर १० गते स्थगित भएको रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ५ रत्न आधारभुत बिद्यालय मतदान केन्द्र र आठबिसकोट नगरपालिका वडा नं ११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदान केन्द्रमा भोली १५ गते हुने पुनः मतदानका लागी बुधबार कर्मचारी तथा सुरक्षाकर्मी टोली खटाइएको छ । बाँफिकोट गाँउपालिका ५ रत्न आधारभुत बिद्यालय मतदान केन्द्रको क बुथमा प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्षतर्फ र आठबिसकोट नगरपालिका ११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदान केन्द्रको ख बुथमा समानुपातिक तर्फको मतपेटिकामा एसिड राखिएपछि मतपेटिका आगलागी भएको कारण गत १० गते मतदान स्थगित भएको थियो । सोही दुई वटा मतदान केन्द्रका दुई वटा बुथमा मंसिर १५ गते पुनः मतदान हुँदै छ । निबार्चन आयोगको निर्णय अनुसार १५ गते पुनः मतदान हुने भएपछि बुधबार ति दुई मतदान केन्द्रमा निबार्चन टोली खटाइएको हो ।
नेपाल समाचारपत्रबाट