रंगमञ्चमा देखिएआदिकवि भानुभक्त

प्रकृती दाहाल
काठमाडौं(इमेलखबर)–आदिकवि भानुभक्त आचार्यको बाल्यकाल, किशोर र बृद्ध अवस्था कस्तो थियो होला ? यदि तपाईहरुलाई देखेर महशुस गर्ने चाहना छ भने यतिबेला राजधानीमा भानुभक्तको जीवनीमा आधारीत नाटक ‘रात चिन्र्या भानु’ हेर्न सक्नुहुन्छ ।
बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चीत उक्त नाटकलाई प्रभाकर न्यौपानले लेखन तथा निर्देशन गरेका हुन् । भानुभक्तको बाल्यकालको दृश्य नाटकमा अझै मन छुने देखिन्छ । उनी सानै देखि बाजेको मायामा हुर्किएका छन् । बाजेले नै संस्कृत अध्ययन गराउन बनारस लगेका हुन्छ । भानु उतिबेलाका अत्यन्त शिक्षीत युवामा गनिन्थ्ये । प्रशंसनीय पक्ष के छ भने भानुले आफुले आर्जन गरेको शिक्षा सबै अशिक्षीत माझ पनि पुराउने सोच बनाए । उनी संस्कृत धर्म ग्रन्थलाई बोलिचालीको भाषामा रुपान्तरण गरेर सबैलाई सुनाउथे ।


ज्ञान कसैको पेवा होइन् । सबैले आर्जन गर्न पाउनु पर्छ भन्ने उनको महान सोच थियो । फलस्वरुप रामायणलाई भानुले बोलिचालीको भाषामा अनुवाद गरेको प्रसंग पनि नाटकमा दृश्यात्मक रुपमा देख्न सकिन्छ । डेड घन्टा लामो नाटकमा आरम्भका कलाकारहरुले मन छुने अभिनय गरेका छन् । साक्षी लम्साल, प्रेम पौडेल, प्रकेश सिन्धुलीय, प्रल्हाद खरेल, रमेश दाहाल, चादनी शाही, बासुदेव खनाल, राधा श्रेष्ठ, मानस राज, पुष्पराज अवस्थी लगायत कलाकारले नाटकमा राम्रो अभिनय गरेका छन् । त्यस्तै, भानुभक्त पालको जनजीवन परिवेश, र तनहुको सेरोफेरो, संस्कृति र जीवनशैली देखेर रमाइलो लाग्छ । नाटक मंगलबार बाहेक मंसिर १६ गते सम्म मञ्चन भइरनेछ ।लोकदृष्टि थिएटरको सहकार्यमा नाटक निर्माण गरिएको हो ।