मेहदी हसनका मन छुने चित्र

काठमाडौं(इमेलखबर)—बंगलादेशका कलाकार मेहदी हसन झन्डै डेड दशक अघि नेपाल आएका थिए । त्यसपछि उनी अहिले दोस्रो पटक पुन यहा आएका छन् । यसपटकको नेपाल भ्रमण भने उनले आफ्ना कला सिर्जना दर्शकमाझ पस्कीन आएका हुन् । केहि सातादेखि बबरमलस्थित आर्ट काउन्सीमा उनको एकल चित्रकला प्रर्दशनी भइरेहकोछ । ‘पोएट्री अफ कलर’ थिममा उनका चित्र कोरिएका छन् ।

जहा सुन्दर निला रंगहरुको संयोजन देख्न सकिन्छ । प्रकृति प्रेमी भएकाले मेहदी निलो रंग बढि प्रयोग गर्ने बताउछन् । त्यस्तै, समुन्द्री प्रभावमा हुर्किएका उनले त्यहाको कन्टेम्प्रअरी स्वाद चित्रमा पस्कीने जर्मको गरेको पाइन्छ । मान्छे शान्ती मन पराउछ ।
दिक्क लागेको बेला आकाशमा हेरेपछि सबै तनाव हराउछ भन्ने मेहदीको दावी छ । उनी धेरै दर्शकलाई यसरि नै कलाको महत्व बुझाउने गर्छन् । उनी कलामा समसामयिकता ल्याउनु पर्छ भन्ठान्छन् । यो शैली नेपाली कलामा खासै नदेखिएको उनले बताउछन् ।