भ्रष्टाचारको अभियोगमा पक्राउ परेका चूडामणि शर्मा एक करोड धरौटी बुझाएर घरमा

मंसिर १३, काठमाडौं – आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा १ करोड रुपैयाँ धरौटी राखी छुटेका छन् । विशेष अदालतले थुनछेक बहसमा १ करोड धरौटी माग गरेपछि निलम्बित महानिर्देशक शर्माले सो रकम धरौटी राखेका हुन् । उनी मंगलबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए ।

शर्मालाई १९ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको अभियोगमा पक्राउ गरेको थियो । त्यसपछि अख्तियारले गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै बन्दी प्रत्यक्षीकरण निवेदन लिएर उनी सर्वोच्च पुगेका थिए । शर्माकी पत्नीका तर्फबाट निवेदन दर्ता भएको थियो । निवेदनमा कर फछ्र्योट आयोगलाई कानुनी उन्मुक्ति भएको जिकिर सहित मुद्दाको औचित्य नभएको दाबी गरिएको थियो ।

राजधानीबाट