लाल बाबु पण्डितमाथि सुतली बम विष्फोट

मंसिर १२, विराटनर—दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकीदैछ । पहिलो चरण ३२ जिल्लामा मतदान हुदा चुनाव विथोल्ने विभिन्न गतिविधि केहि ठाउमा भएका थिए । त्यस्तै, अहिले दोस्रो चरणको चुनावमा पनि यस्तै घटना न घट्ला भन्न सकिन्न ।
यतिबेला भने मोरङ—६ का बाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितमाथि लक्षित गरि सुतली बम विष्फोट भएकोछ । मंगलबार बिहानै उनी माथि बम विष्फोट भएको हो ।
प्रतिनिधि सभाका उम्मेदवारका रुपमा पण्डित उठेका छन् । त्यस्त, प्रदेश सभाका उम्मेदवार जीवन आचार्यलाई समेत लक्षित गरेर बुढी गंगा गाउपालिका—५ र ६ को सीमानामा मंगलबार सुतली बम प्रहार भएको थियो । अहिले त्यस क्षेत्रमा प्रहरीको निगरानी रहेकोछ ।