४१० मतदानस्थलका मतपेटिका सदरमुकाममा

 

मंसिर १२, काठमाडौ, —पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका २ हजार ४१० मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याइएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्रका २ हजार ९१७ मध्ये पाँच सय सात मतदानस्थलका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याउने काम जारी छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार बाँकी मतदानस्थलका मतपेटिका पैदलमार्गबाट सदरमुकाम ल्याइँदै छ ।४० मतदानस्थलका मतपेटिका ल्याउन समस्या भएको छ । मौसम खराबका कारण हेलिकप्टर बस्न नसके पछि मतपत्र ल्याउन कठिनाई भएको हो ।