यसरी सुरक्षीत रहने छ मतपेटिका

मंसिर १२, काठमाडौ — पहिलो चरणमा निर्वाचन भएका क्षेत्रको मतगणना मंसिर २१ गते दोसो्र चरणको निर्वाचन पछि एकसाथ गणना गरिने भएको छ । यसको सुुरक्षबारे सबैको ध्यान आकर्षण भएको छ ।
आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार एउटा मतपेटिकामा ५ देखि ८ सिल छन्। ‘प्रत्येक सिलको नम्बर गणनापछि मतपेटिका बन्द गर्ने बेलाको मुचुल्कामा लेखिएको छ। दलका प्रतिनिधिले पनि टिपेर लगेका छन’ उनले भने, ‘सिल निकालेर अर्को राख्यो भने नम्बरबाट पत्ता लाग्छ। बाकस खोल्न सिल काट्नैपर्छ। काटिएको सिल फेरि लगाउन मिल्दैन।’ सिलको रेकर्ड आयोग, जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलका प्रतिनिधिसँग रहने भएकाले मतपेटिकाको सुरक्षामा कुनै शंका नभएको उनले बताए।

आयोगले २०६४ सालको संविधानसभायता प्लास्टिकका मतपेटिका प्रयोग गर्दै आएको छ। त्यतिबेला जापान सरकारले प्लास्टिकले निर्मित ६० हजार मतपेटिका र प्लास्टिककै ग्रिप भएको नम्बरसहितको सिल सहयोगस्वरूप उपलब्ध गराएको थियो।

त्यसअघिका चुनावमा फलामका मतपेटिका प्रयोग हुन्थे। लाहाछापसहितको सिलबन्दी गरिन्थ्यो। ती मतपेटिका बलियो भए पनि पारदर्शी थिएनन्। लाहाछापसहितको सिल लगाउँदा आगो प्रयोग हुने हुनाले त्यो प्लास्टिकको मतपेटिकाका लागि उपयुक्त हुँदैन। आयोगले कर्मचारीलाई मतपेटिकामा सिल लगाउनेदेखि सुरक्षित राख्ने तरिकासम्मको तालिम दिएको छ। धेरै हलुका र भार थेग्न नसक्ने भएकाले मतपेटिकालाई सकेसम्म चाङ नलगाउन र पानी चुहिन सक्ने स्थानमा नराख्न निर्देशन दिएको छ। जिल्लामा सदरमुकाम ल्याइएका मतपेटिका राखिएको कोठमा आयोगको ताला र सिलसँगै राजनीतिक दलले चाहे उनीहरूले समेत सिल लगाउन सक्ने व्यवस्था मिलाइएको छ।

सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन

आयोगले मतदानपछि मतपेटिका ओसारपसारमा सशस्त्र सुरक्षाकर्मी प्रयोगमा रोक लगाएको छ। बन्दुक बोकेका सुरक्षाकर्मीले मतपेटिका बोक्न नहुने मान्यताअनुसार आयोगले मतदान केन्द्रमा खटिएका कर्मचारी र स्वयंसेवकले नै मतपेटिका बोक्नुपर्ने निर्देश गरेको हो। सुरक्षाकर्मी मतपेटिका भण्डारण गरिएको बाहिरी भागमा मात्रै सुरक्षाकर्मी परिचालन हुनेछन्।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतपेटिकाको सुरक्षालाई लिएर कुनै प्रकारको शंकारउपशंका नपाल्न आग्रह गरे। ‘मतपेटिका बिल्कुलै सुरक्षित रहन्छन्, राजनीतिक दल र उम्मेदवारलाई विश्वासमा लिएर मात्रै मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘लामो अवधि मतपेटिका रुँगेर बस्नुपर्दा दल र उम्मेदवारका प्रतिनिधिलाई कठिनाइ त हुनेछ।’

सुरक्षा व्यवस्थामा मतदानमा झैं पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी राखिएको छ। निर्वाचन अधिकृतले आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिन सक्ने मतगणना निर्देशिकामा आयोगले निर्देश गरेको छ। ‘आवश्यकताअनुसार मतपेटिका भण्डारण गरिएको कक्षबाहिर सीसी क्यामेरासमेत लगाउन सकिनेछ,’ उनले भने।

आयोगका अनुसार आइतबार मतदान भएका ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये ८० प्रतिशत स्थानको मतपेटिका संकलन भइसकेको छ। कुल २ हजार ९ सय १७ मध्ये मंगलबार रातिसम्म २ हजार ४ सय १० मतपेटिका जिल्ला सदरमुकाम ल्याइसकिएको प्रवक्ता ढकालले बताए। दुर्गम स्थानका ४० मतपेटिका हेलिकप्टरबाट र ४६७ मतपेटिका पैदलमार्गबाट ढुवानीको काम भइरहेको उनले जनाए ।
यसरी सुुरक्षीत रहने छ मतपेटिका