स्वेताको फिगरमा रोजीनाको पहिरन

 

प्रकृती दाहाल–  फेशन डिजाइनर रोजीना श्रेष्ठ र अभिनेत्री स्वेता खड्का सानैदेखिका साथी हुन् । उनीहरुको बाल्यकालको सम्बन्ध यतिबेला व्यवसायिक बनेकोछ । रोजीनाले बनाएका सुन्दर पहिरनमा स्वेता आफुलाई निकै खुलेको महशुस गर्छिन् । कायरा बुटिक संचालन गर्दै आएकी रोजीनाले हुन त पछिल्ला थुप्रै नायिकाको शरिर सुहाउदो पहिरन डिजाइन गर्दै आएकी छन् । तर, स्वेताको सन्र्दभमा भने रोजीनाको आफ्नै एक किसीमको आत्मीयता छ । र यस्तै आत्मीयता रोजीना प्रति स्वेताको पनि छ । यि दुवै हस्ती बिचको रमाइलो अन्तर सम्बन्ध खुलाउने प्रयास इमेल खबरले गरेकोछ ।

रोजीनाको नजरमा स्वेताः
स्वेता पहिरन छनोटमा अलि चुजी नै छन् । हुनत उनको प्रोफेशनले पनि यस्तो बानी सिर्जना गराएको हुन सक्छ । तर, कतिपय अवस्थामा उनलाई पहिरन छनोटमा चित्त बुुझाउन हम्मे तम्मे नै पर्छ ।
हामी एक अर्काका अत्यन्त मिल्ने साथी हौ । त्यसैले उनको रोजाई के भन्नेमा म सहजै पत्ता लगाउन सक्छु । एउटा ड्रेस डिजाइनरलाई पहिरन बनाउनु भन्दा अघि क्लाइन्टको बानी, स्वाभाव र जीवनशैली समेत अध्ययन गर्न जरुरी हुन्छ । यो सन्र्दभमा स्वेताको भावना अनुकुल उनको पहिरन बनाउन सकेकी छुु भन्ने मलाई लाग्छ । स्वेताको परफेक्ट फिगर छ । उनी प्राय ः गाउनमा सजिदा सुन्दर देखिएकी हुन्छीन् ।

स्वेताको नजरमा रोजीनाः
रोजीना मेरो लागि असल साथी हुन् । उनी संग काम गर्दा निकै सहज महशुस गर्छु । कहिले काही यति व्यस्त भईन्छ की भेट्ने फुुर्सद हुदैन । त्यस्तो बेला एक कल फोन गरेर पहिरन अडर गर्दा रोजीनाले मेरो भावना अनुकुल ड्रेस बनाएकी हुन्छीन् । यो उनको ठुलो खुवि हो । मैले लगाउने प्रायः पहिरनमा रोजीनाको सल्लाह र प्रतिक्रिया बटुलेकै हुन्छु । तर, कान्छि फिल्ममा भने उनले ड्रेस डिजाइन गरेकी छैनन् । युवा पुस्ताका रुवीन परियाले फिल्ममा डिजाइन गरेका छन् ।