ऋचा शर्मा ले छक्का पञ्जा २ हेर्ने दर्शक मुर्ख भनेपछि निर्माण पक्षको यस्तो प्रतित्रिया

काठमाडौ– दशौं देखि प्रर्दशनमा आएको फिल्म छक्का पञ्जा २ अहिलेसम्म पनि देशका बिभिन्न हलहरुमा प्रर्दशन भइरहेको छ । तर यति बेला अभिनेत्री ऋचा शर्माले यस फिल्मबारे नकरात्मक टिप्पणी गरेपछि निकै चर्चाको बिषय बनेको छ । केहि समय अघि एक कार्यक्रममा बोल्दै शर्माले छक्का पञ्जा २ हेरेर ताली बजाउने मुर्खहरु रहेको भनेकी छन । छक्का पञ्जा २ का निर्माताहरु देखि लिएर कलाकारहरुले समेत उनलाई गेट ओल सुन भन्दै स्टाटस लेखेका छन । उनीहरुले भनेका छन तपाईले हामोे मजाक उठाउनु भयो त्यसैले तपाईका फिल्मले कहिल्यै दर्शक पाएनन ।