असुरक्षित बन्दै सामाजिक सञ्जाल ; सबै भन्दा पीडित महिला

काठमाडौं(इमेलखबर)—पछिल्लो समय समाजिक सञ्जाल विनाको संसार परिकल्पना गर्न मुस्कीलै छ । तर, यहि भर्जुअल संसारबाटै जीवन असुरक्षित भइरहेको छ कि ? अब सोच्नु पर्ने अवस्था आएकोछ । फेशबुक, ट्वीटर, म्यासेन्जर, भाइबर, इमो लगायत साईड ह्याक गरेर अपराधीक गतिविधि गर्ने जमात बढ्दोछ ।
साईबर अपराध अध्ययन गनेए अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले इन्टरनेट असुरक्षित हुदै गएको बताएका छन् । उनले खास गरि युवतीहरुमा बढि अपराधीक गतिविधि हावी हुने गरेको खुलेकोछ ।

वदलाको भावना पुरा गर्ने माध्यम सामाजिक सञ्जाल भएको र गोपनियता भंग हुदै गएका थुप्रै घटना उजुरीमा परेका छन् । गत असोजमा फेशबुक र इमेल ह्याक गरि ठगी गर्ने दुई जना नेपाली नागरिक र दुई जना नाइजेरियन गरि चार जना पक्राउ परिसकेको महाशाखाले जनाएकोछ ।
महाशाखाको तथ्यांक अनुसार, साउनमा १ सय ५४ र भदौमा १ सय ४ वटा साइबर क्राइम मुद्धा दर्ता भएको छ । असोजमा भने ७८ उजुरी परेकोछ । जसमा ५४ जना महिला र २४ जना पुरुष पीडित छन् ।