आज पनि मतदाता परिचयपत्र वितरण गरिदै


मंसिर ९, काठमाडौ — प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि निर्वाचन आयोगले आज चुुनाव हुुन एक दिन बांकी रहदा पनि मतदाता परिचयपत्र वितरण गर्दैछ ।

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते हुने निर्वाचनका लागि आज पनि मतदाता परिचयपत्र वितरणकार्य जारी राखिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार गत स्थानीय तह निर्वाचनमा परिचयपत्र लिन बाँकी रहेका तथा गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्म १८ बर्ष उमेर पूरा गरेका एवं नामावली सार्न, सच्याउन निवेदन दिएका मतदाताहरुलाई परिचयपत्र वितरण गरिनेछ ।
यसअघि हिजो पनि पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा मतदाता परिचयपत्र वितरण गरिएको थियो । पहिलो चरणमा निर्वाचन हुने जिल्लामा ३१ लाख ९२ हजार मतदाता छन् । ३२ जिल्लाबाट ३७ प्रतिनीधिसभा र ७४ प्रदेशसभा सदस्य चुनिदैछन् ।