बुढीगण्डकी आयोजना सरकारले निर्माण गर्ने मन्त्रिपरिषद्को निर्णय

 

मंसिर ८, काठमाडौं- शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले बुढीगण्डकी जलाशययुक्त आयोजना आफैले निर्माण गर्ने निर्णय गरेको छ । उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाका अनुुशार सरकारी लगानीमा आयोजना निर्माण गर्ने निर्णय भएको हो ।

मन्त्री थापाका अनुसार अब बुढीगण्डकी आयोजना विद्युत प्राधिकरणले निर्माण गर्ने छ। सरकारले प्राधिकरणलाई आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएको छ।
१२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना एक चिनियाँ कम्पनीलाई निर्माण जिम्मा दिने पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सम्झौता एक साता अघि मात्र खारेज गरेको थियो।