राजपाको घोषणा पत्र सार्वजनिक, छोरी बचाउनु मुख्य ऐजेन्डा

मंसिर, ७ काठमाडौं—बिहिबार घोषणा पत्र सार्वजनिक गरेको राष्ट्रिय जनता पार्टी (राजपा) ले तराईमा छोरी संरक्षणको विषय मुख्य ऐजेन्डा बनाएकोछ । जारी घोषणा पत्र अनुसार कक्षा १२ पढेका र उमेर पुगी विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसुत्र उपहार स्वरुप प्रदान गरिने योजना बनाएकोछ । प्रदेश र प्रतिनिधी सभाको चुनावका लागि जारी गरिएको घोषणा पत्रमा महिलाका लागि उच्च शिक्षामा समेत निःशुल्क गर्ने व्यवस्था उल्लेख गरेकोछ । त्यस्तै, नवजात बालिका जन्मदा सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दिर्घकालीन मुद्दती खाता खोलि १० हजार रुपैयाको अनुदान समेत दिने घोषणा पत्रमा उल्लेखछ । यसको अधिकार चाहि बालिका १८ वर्ष पुगेपछि एकमुस्ट व्याज सहित रकम पाउने छिन् ।
साथै राजपाको घोषणा पत्र सहिद परिवार प्रति पनि उदार देखिन्छ । प्रदेश २ मा पर्ने सहिद परिवारलाई आफ्नो सरकार बन्यो भने ५०—५० लाख रुपैया प्रदान गरिने उल्लेख छ ।