फास्ट ट्रयाक परियोजना सुचारु

 

काठमाडौं(इमेलखबर)—काठमाडौ—तराई दु्रतमार्ग(फास्ट ट्रयाक) निर्माणबारे धेरेको चासो छ । यसलाई मुर्त रुप दिन यतिबेला नेपाली सेनाले कम्मर कस्न थालेकोछ । निर्माण प्रक्रियामा गतिदिन नेपाली सेनाले प्राविधिक तयारी तीव्र पारेको छ ।
यसका लागि निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) परिमार्जन, यन्त्र, उपकरण खरिद र विष्फोट पर्दाथ आपुर्ति लगायत काम थालनी सुरु गरेको छ । लेन डांडा, बुदुने, बागदेव, मख्खुबेसी, कुलेखानी लगायत पांच स्थानमा शिविर खडा भइसकेको सेनाले बताएकोछ । सेनाका अनुसार फास्ट ट्रयाक निर्माणका लागि पांच सय सैनिक परिचालन भइसकेको बताएकोछ ।