आाँखा सुुख्खा हुुन नदिने उयाहरु

( आाँखा सुक्खा हुनबाट बच्न पानीले आँखाको डिल राम्रोसँग सफा गर्नुपर्दछ । र, आँखा सधैँभरि सफा राख्नुपर्दछ ।

(बाहिरी धुलोधुवाँले हाम्रो आँखा सुक्खा बनाउँछ । धुवाँ र धुलोमा हुने केमिकलले आँसु बनाउने ग्रन्थि बिगार्छ र आँखा सुक्खा हुन्छ । त्यसैले,

(कम्प्युटरमा बस्दा एन्टिरिफ्लेक्ट कोटेड (एआरसी) ग्लास र बाहिर हिँड्दा आँखाको सुरक्षाका लागि सनग्लासको प्रयोग गर्नुपर्दछ ।

(सनग्लासको प्रयोगले धुलो र घाम सीधै आँँखामा पर्न सक्दैन । यसो गर्दा आँखा सुक्खा हुनबाट बच्छ ।

(कम्प्युटर, मोबाइल, टेलिभिजन लामो समय हेरिरहनु हुँदैन । कम्तीमा आधा घन्टाको अवधिमा आँखालाई ५ मिनेट आराम दिनुपर्दछ ।

(हामीले प्रयोग गर्ने पंखा, एसीले पनि आँखा सुक्खा बनाउँछ । त्यसैले लामो समय पंखा र एसीको प्रयोग गर्नु हुँदैन ।

(रातको समय लामो समयसम्म अनिदो बस्दा आँखा सुक्खा हुने गर्छ । त्यसैले, समयमै सुत्ने बानी बसाउनुपर्छ ।

(आँखामा आँसुको मात्रा बढाउन, आँखा शीतल बनाउन, आँखाको कन्डिसन हेरेर कृत्रिम आँसुको प्रयोग गर्नुपर्छ । आँसुको कन्डिसन हेरेर दैनिक चारदेखि ६ पटकसम्म कृत्रिम आँसु राख्नुपर्छ ।
एजेन्सी

सुनीलकुमार शाह
दृष्टि विशेषज्ञ