प्रधानमन्त्रीको ठाडो प्रस्तावमा प्रहरीका उच्च अधिकारीहरुको सरुवा

 

६ मंसिर, काठमाडौं । गृहमन्त्रालयको कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरिएको छ । पहिलो चरणको मतदानको मुखैमा बागलुङका प्रहरी प्रमुख फेरिएका छन् ।
त्यस्तै, देउवाकै प्रस्तावमा मन्त्रीपरिषद् बैठकले २ प्रदेशका प्रहरी प्रमुखलाइ पनि सरुवा गरेको छ ।

बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामालाईेडक्वार्टर तानेर उनको ठाउँमा बुधबारै डिआइजीबाट आइएजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई सरुवा गरेको हो ।
त्यस्तै, ७ नम्बर प्रदेशको प्रहरी प्रमुखमा माधव नेपाललाई सरुवा गरिएको छ । नेपाल पनि बुधवारमात्रै एआइजी बढुवा भएका हुन् ।

बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको छ । यो समाचार आजको अनलाइन खवरमा छापिएको छ ।

प्रहरी हेडक्वार्टरले बागलुङ र नुवाकोटका प्रहरी प्रमुखलाई पनि सरुवा गरेको छ ।