बिचौलियाले २२ प्रतिशत नाफा लिदा महंगीयो तरकारी मुल्य

काठमाडौं(इमेलखबर)—देश निर्वाचन मय भएको मौका छोपेर अत्याधिक मुल्य तोकेर व्यापार गर्न थालिएकोछ । जसले सर्वसाधारण सबै भन्दा बढि मर्कामा परेका छन् । बिचौलियाको कारण तरकारीको मुल्य चर्को रुपमा लिन थालिएको तथ्यांक खुलेको छ । आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुसन्धानमा बिचौलियाले गर्दा एक सय २२ प्रतिशत सम्म बिचौलियाले किसानको तरकारीमा फाइदा लिएर बेच्ने गरेको खुलेकोछ ।
चुवानी माहोलले गर्दा तरकारीको उच्च मुल्य तर्फ भने खासै ध्यान गएको थिएन् । यसको फाइदा समेत उठाएर बिचौलियाले तरकारीमा मनोमानी मुल्य उठाएको हो । तरकारीको मुल्य आकाशिन थालेपछि विभागले काभ्रे, धादिङ, नुवाकोट र मकवानपुरमा तरकारी उत्पादकको अवस्था बारे अनुगमन गरेको थियो ।