एमालेका आजका सम्पुर्ण कार्यक्रम स्थगित

मंसिर ३, काठमाडौँ नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न पार्टीका तर्फबाट आइतबार दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्व्निर्धा्रित सबै चुनावी कार्यक्रम स्थगित गरेको छ ।

एमालेले नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, शोकाकूल परिवारजन र नेकपा माओवादी–केन्द्रप्रति समवेदना प्रकट गर्न आजका कार्यक्रम स्थगित गरिएको एमालेले जनाएको छ ।

एमालेले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र, नेकपा माओवादी– केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनबाट हाम्रो पार्टी स्तब्ध बनेको उल्लेख छ ।