प्रकाश दाहालकोआजै ४ बजेसम्म दाहसंस्कार गरिने

मंसिर ३ काठमाडौ —माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’का कारण भएको छ ।
बिहान ५ बजेर ५० मिनेटमा प्रकाश दाहाललाई नर्भिक अस्पतालमा ल्याइएको थियो । डा. भट्टका अनुसार अस्पताल ल्याउँदा उनको मुटुको धड्कन बन्द भइसकेको, हातखुट्टा चिसो भएको र शरिर कडा भइसकेको थियो ।
उनको पार्थिव शरिरलाई ४ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडा राखिने र आजै उनको दाहसंस्कार गरिने छ ।