प्रकाश दाहालको निधनप्रति कसले के भने ?

काठमाडौ —नेकपा माओवादी केन्दका अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ । काठमाडौको नर्भिक अस्पतालमा आइतबार बिहान उनको निधन भएको हो । अन्तीम श्रदाञ्जलीका लागी उनको शरीर अहिले पार्टी कार्यलय पेरिस डाडामा राखिएको छ । आजै ४ बजे भित्र उनको पशुुपतिमा अन्तिम संकार गरिने भएको छ ।

उनीप्रति अहिले समबेदना दिनेहरुको ओइरो लागेको छ । नेताहरुले उनी प्रति यसरी समबेदना प्रकट गरेका छन ।

 Sher Bahadur Deuba

4 hrs · पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।

K P Sharma Oli @kpsharmaoli

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ ।स्वर्गीय प्रकाशप्रति हार्दिक श्रद्धान्जली ।शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

Gagan Thapa 

✔@thapagk

प्रकाश दाहालको असामयिक निधनले स्तब्ध भएको छु। उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु!
साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना!

Dr. Baburam Bhattarai

5 hrs · पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु!

Rabindra Mishra

3 hrs ·

यस्तो वियोग कसैको परिवारलाई नपरोस्। प्रकाश दाहालको आत्मालाई चीर शान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्! हार्दिक श्रद्धाञ्जली!